भारतमा अक्सिजन अभाव, नयाँ दिल्लीको एकै अस्पतालमा २० जनाले गुमाए ज्यान

भारतमा अक्सिजन अभाव, नयाँ दिल्लीको एकै अस्पतालमा २० जनाले गुमाए ज्यान

jaipur-golden-hospital

नयाँ दिल्ली : अक्सिजनको उपलब्धता हुन नसक्दा चिन्ताजनक अवस्थामा उपचार गराइरहेका २० जना विरामीको गए राति दिल्लीको जयपुर गोल्डन अस्पतालमा मृत्यु भएको छ।

‘अक्सिजनको स्टक सकिँदै गएपछि हामीले धेरै प्रयास गरेका हौं,’ जयपुर गोल्डन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर डीके बालुजाले भने।

उनका अनुसार अस्पतालमा २ सय भन्दा धेरै विरामी थिए। र, उनीहरुसँग अस्पतालमा बिहान १०:४५ बज्दा आधा घन्टाका लागि पुग्ने अक्सिजन थियो। तर घन्टौ लामो प्रतीक्षापछि मध्यरातमा मात्र पुगेर उनीहरुले अक्सिजन पाए।

‘कसैले केही प्रतिवद्धता पनि दिएन। सबैले सकेको गर्छु मात्रै भने,’ सरकारबाट सहयोग मिल्यो कि मिलेन भनेर प्रश्न गर्दा डाक्टर बालुजाले भने। उनका अनुसार अस्पतलामा रहेका मध्ये ८० प्रतिशत विरामीलाई अक्सिजन आवश्यक थियो। ३५ जना विरामी त आइसीयूमै थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ