नेकपा एमालेको धादिङ र नुवाकोट जिल्ला इन्चार्जमा लोहनी

नेकपा एमालेको धादिङ र नुवाकोट जिल्ला इन्चार्जमा लोहनी

khem-lohani

धादिङ । नेकपा एमालेले धादिङ र नुवाकोट जिल्लाको ईञ्चार्जको जिम्मेवारी खेम लोहनीलाई दिएको छ । धादिङ क्षेत्र नम्बर २ का सांसद तथा नेकपा एमाले बागमती प्रदेश सचिव लोहनीलाई एमालेको शुक्रबार बसेको बैठकले यो जिम्मेवारी प्रदान गरेको हो ।

प्रधानमन्त्री केपी ओली निकट संघीय सांसद लोहनी धादिङका पार्टीका अग्रज नेता हुन् । २०३६ को विद्यार्थी आन्दोलनबाट राजनीति यात्राको सुरुवात गरेका लोहनी धादिङमा परिचित छन् ।

२०३६ देखि रेड गार्ड अर्गनाइजेसन, युथ लिग, क्याम्पस कमिटी सदस्य हुँदै राजनीतिमा क्रियाशील उनी २०४३ देखि निरन्तर जिल्ला र केन्द्रीय राजनीतिमा सक्रिय देखिँदै आएका छन् । जिल्लामा पार्टीका् नेतृत्वदेखि प्रदेशमा अहिले सचिवको भूमिकामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds