गण्डकी प्रदेश : कांग्रेसले बोलायो संसदीय दलको बैठक

गण्डकी प्रदेश : कांग्रेसले बोलायो संसदीय दलको बैठक

Gandaki Province Pradesh (3)

काठमाडौं – गण्डकी प्रदेश, कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सरकार गठन र आगामी रणनीतिबारे आज (शनिबार) दिउँसो छलफलका लागि कांग्रेसले बैठक डाकेको हो ।

नयाँ सरकार निर्माण लागि भोलि (आइतबार) लाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गरिएको छ । आजको बैठकमा यस विषयलाई केन्द्रमा राखेर छलफल हुनेछ ।

विशेष अधिवेशनको विषयमा छलफल गर्न आजै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले पनि आन्तरिक गर्दै छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनेको छ ।

उनीहरुसँग बहुमत देखिएकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै देखिएको छ । काँग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds