मुस्ताङको काभ्रेभीरमा मोटरसाइकल दुर्घटना, पोखराका युवकको मृत्यु

मुस्ताङको काभ्रेभीरमा मोटरसाइकल दुर्घटना, पोखराका युवकको मृत्यु

shiva-hari

मुस्ताङमा सवारी दुर्घटनामा परी पोखराका युवकको ज्यान गएको छ ।

शुक्रबार दिउँसो १ः५ बजेतिर मुस्ताङको थासाङ गाँउपालिका–४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २५ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी खोंचमा खसेर गम्भीर घाइते भएका पौडेललाई लेते स्वास्थ्य चौकी पठाइएको थियो । त्यहाँ लगिएपछि उनलाई मृत घोषणा गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ