खानामा किटनाशक औषधी खुवाएर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ साबिक मूलपानी गाविस-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरा गरी बस्ने २९ वर्षीया पार्वती थापा मगर छिन्।
उनलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो। ती महिलाले आफ्नै श्रीमान विष्णु थापा मगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
घटना २०७२ सालको हो। उनीहरू सूर्यविनायक-४ मा डेरा गरी बस्थे। परिसर प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार उनका श्रीमान वैदेशिक रोजगारीबाट २०७२ माघ २७ गते फर्केका थिए।
भोलिपल्ट ती महिलाले छोराछोरीलाई स्कुल पठाएपछि श्रीमानका लागि छुट्टै भान्सा तयार गरेकी थिइन्। बिहान ९:३० बजे दाल, अण्डा करी, खाना खाएपछि उनका श्रीमानलाई उकुसमुकुस भयो।
उनैले तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिन्। श्रीमानको उपचारको क्रममा त्यही दिन मध्यान्ह १२ बजे मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि ती महिला आफैंले प्रहरीमा जाहेरी दिएकी थिइन्।
यसपछि प्रहरीले अनुसन्धान थाल्यो। घटनास्थलबाट दाल, अण्डाकरी, खाना उठायो। मृतकको भिसेरासमेत संकलन गरेर प्रयोगशाला पठायो। ती नमूनामा किटनाशक विषादी फेला परेको रिपोर्ट आयो।
‘यो रिपोर्ट आउनुअघि नै उनी विदेश भागिसकेकी थिइन्,’ थापाले भनिन्। ती महिला विदेशमै रहँदा २०७४ साल पुस २७ गते मृतकका भाइले उनीविरूद्ध कर्तव्य ज्यानमुद्दामा जाहेरी दिएका थिए।
ती महिला दुई महिनाअघि नेपाल फर्केकी थिइन्। उनलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरेको थापाले बताइन्। उनी जोर्डन गएकी थिइन्।
प्रहरी उपरीक्षक थापाका अनुसार ती महिलाको अन्य पुरूषसँग सम्बन्ध थियो। त्यो कुरा खुल्ने डरले उनले श्रीमान विदेशबाट आएकै भोलिपल्ट खानामा किटनाशक विषादी हालेर दिइन्।
उनलाई अहिले कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताइन्।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते