एमाले कास्की ईञ्चार्जमा जिसी, पोखरा महानगरमा कार्की

एमाले कास्की ईञ्चार्जमा जिसी, पोखरा महानगरमा कार्की

Man-bahadur-GC-bhim karki

पोखरा । नेकपा एमालेले कास्की जिल्ला ईञ्चार्जमा मानबहादुर जिसी र पोखरा महानगरपालिका ईञ्चार्जमा भीम बहादुर कार्कीलाई जिम्मेवारी तोकेको छ ।

शुक्रबार बसेको एमाले केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्दै जिसी र कार्कीलाई ईञ्चार्ज तोकेको हो ।

पोखरा महानगरपालिकाका मेयर रहेका जिसी यसअघि पनि कास्की जिल्ला ईञ्चार्जको जिम्मेवारीमा थिए । कार्की भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं प्रवक्ताको जिम्मेवारीमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ