एमालेको स्थायी कमिटीमा बामदेव ‘ईन’ ! माधव नेपाल पक्षका सबै ‘आउट’

एमालेको स्थायी कमिटीमा बामदेव ‘ईन’ ! माधव नेपाल पक्षका सबै ‘आउट’

sthai committee

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई समेत समेटेर स्थायी कमिटी निर्माण गरेका छन् ।

आज शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले बामदेव गौतमलाई स्थायी कमिटीमा समेटेको भए पनि माधव नेपाल पक्षका कोही पनि नेताहरुलाई समेटेको छैन ।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएका छन् । उक्त कमिटीमा पछि अन्य सदस्य थप्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।

स्थायी कमिटीमा केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको फागुन २८ को बैठकले खारेज गरेको थियो । त्यसपछि आज नयाँ स्थायी कमिटी निर्माण गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ