कोरोनाका कारण ग्यास अभावकाे सङ्केत, खाली ग्यास सिलिन्डर भरेर राख्न आग्रह

कोरोनाका कारण ग्यास अभावकाे सङ्केत, खाली ग्यास सिलिन्डर भरेर राख्न आग्रह

gas lp

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ ।

विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्यास आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशङ्कामा खाली ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।

सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिन्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिन्डर भर्न अपिल गरेको छ ।

भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds