पोखराका ६४ सहित गण्डकीका थप ८६ जनामा कोरोना पुष्टि

पोखराका ६४ सहित गण्डकीका थप ८६ जनामा कोरोना पुष्टि

Gandaki covid corona 3

पोखरा – गण्डकीमा ३६१ जनाको नमुना परीक्षण गर्दा शुक्रबार ८६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ७ जिल्लाका ८६ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

जस अन्तर्गत कास्कीमा २०८ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना पुष्टि भएको छ । कास्कीमा आज पुष्टि भएकासंगै कोरना संक्रमितको संख्या ९ हजार २७ पुगेको छ ।

यस्तै तनहुँका २४ जनाको परीक्षणमा ६ जना, गोरखाका २० जनाको परीक्षणमा ५ जना, स्याङ्गजाका २४ जनाको परीक्षणमा ४ जना, पर्वतका २९ जनाको परीक्षणमा २ जना, बाग्लुङका ३१ जनाको परीक्षणमा ३ जना र म्याग्दी जिल्लाका २५ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ७७३ छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २११ जनाले ज्यान गुमाइसकेका छन्  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ