बजारमा खाने तेलको मूल्य फेरि बढेको छ । गत कात्तिकमा खाने तेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए ।
अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ । अहिले खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो । ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ ।
त्यस्तै सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने भट्मासको तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ । बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र भटमासको तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।
यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो ।
बजारमा मनलाग्दी तबरले खाने तेलको मूल्य बढ्दा पनि सरकारी पक्षबाट अनुगमन भएको छैन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो