पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ । नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम