लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

crick

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ ।

जितसंगै नेपाल लिग विजेताको रुपमा फाइनल प्रवेश गरेको छ । लिग चरणमा ६ अंकका साथ नेपाल शीर्ष स्थानमा पुगेको छ भने ५ अंकका साथ नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । उपाधिका लागि यी दुई शीर्ष टोलीबीच भिडन्त हुनेछ ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेन । फाइनलमा घरेलु टोली नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । नेदरल्याण्ड यसअघि नै फाइनल पुगिसकेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले समान ३-३ विकेट लिए । सुसान भारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले अलराउण्डर करण केसीको विष्फोटक व्याटिङको मद्तमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे । दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ