पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । जीतपुरस्थित एक पोखरीको डिलमा लोपोन्मुख गिद्ध मृत फेला परेका हुन् ।
लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे एक गिद्ध गरेर ६७ वटा मृत अवस्थामा भेटिएको र एक हिमाली गिद्ध जिवितै भेटिएकाले उपचार भइरहेको पश्चिम नवलपरासी जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्ले बताए ।
विज्ञसहितको टोलीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । गिद्ध मरेको स्थानमा दुई वटा कुकुरका शव खुला स्थानमा र थप दुई वटा कुकुरको शव बोरामा राखिएको अवस्थामा भेटीएकाले विषादी प्रयोग गरेर कुकुर मारिएको र कुकुरको सिनो खाना गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
नेपालमा अहिले गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । लोप हुन लागेको गिद्ध एकै पटक ठूलो संख्यामा मृत अवस्थामा भेटिनु ठूलो क्षति भएको पक्षी संरक्षणविद् डीबी चौधरीले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने