पोखरा – कोरोना संक्रमणका कारण पोखराका दुई जनाको मृत्यु पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं -२९ की ५४ वर्षीया महिला र पोखरा -३३ का ८४ वर्षीय संक्रमित पुरुषको मृत्यु पुष्टि भएको हो ।
शर्माका अनुसार गत वैशाख ५ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा -२९ कि ५४ वर्षीया महिलालाई उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो ।
यस्तै गत वैशाख ५ गते नै कोरोना पोजेटिभ भएर उपचारका लागि संक्रामक रोग तथा सरुवा रोग अस्पताल भर्ना भएका पोखरा -३३ का ८४ वर्षीय वृद्धको बुधबार मृत्यु पुष्टि भएको अस्पतालले जनाएको छ ।
आज मृत्यु पुष्टि भएका दुई जना संगै पोखरामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ भने, गण्डकीमा यो संख्या २११ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ