देशभर बदली, केही स्थानमा वर्षा

देशभर बदली, केही स्थानमा वर्षा

mausam

पोखरा । देशभरको मौसम आज बुधबार बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य वदली बदली रहेको छ ।

सोमबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

यस्तै, राति देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ