त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने

त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने

tribhuwan-university

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने भएका छन् । सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिएको हो ।

क्याम्पसले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षामा पठनपाठन गराउने भन्ने विषय रोजेर त्यहि अनुसार पठनपाठन गराउन पाउने छन् ।

पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइएको शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । त्यही अनुसार नेपाल ल क्याम्पसले सोमबारदेखि एलएलएमका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरेको छ ।

परीक्षा नरोकिने

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सचालन गरिने बताएको छ । हाल स्नातक तह दोस्रो वर्षको परीक्षा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गरिएको छ । बिहान र दिउँसो गरी दुई सिफ्टमा, मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था, भौतिक दूरी लगायत सबै स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागु गर्दै सबै परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

स्नातक तहको परीक्षा व्यवस्थापन संकायको १२ गते, शिक्षा संकायको १४ गते, मानविकी संकायको १७ गते र विज्ञान संकायको १९ गते सकिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ