पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

raja rani

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।

उनीहरुले स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ । यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ