काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकल चोरीमा संलग्नलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्रेको हो ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा।९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नुवाकोटका राजु तामाङले मोटरसाईकल हराएको निवेदन दिएपछि महाशाखाले अनुसन्धान गरेर आरोपीहरुलाई पक्राउ गरेको हो ।
चोरेपछि वास्तविक नम्बर परिवर्तन गरेर उनीहरुले नयाँ नम्बर प्लेट राखेर सो मोटरसाईकल चढेर हिँडेका थिए । मंगलबार पक्राउ गरेर उनीहरुविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम