मंगल ग्रहमा पहिलो पटक उडाइयो हेलिकप्टर ! (भिडियो)

मंगल ग्रहमा पहिलो पटक उडाइयो हेलिकप्टर ! (भिडियो)

NASA-mars-dron

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मंगल ग्रहमा हेलिकप्टर उडाउन सफल भएको छ। नासाले सफल रुपमा सानो आकारको हेलिकप्टर मंगल उडाएको हो।

इन्जेनुएटी नाम गरेको ड्रोन एक मिनेट भन्दा कम समय मंगल ग्रहमा उडेको नासाले जनाएको छ। मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनाले हेलिकप्टर उडेको पुष्टि गरेको हो।

नासाले स्याटेलाइट प्राप्त ड्रोन उडेको भिडियो सोमबार सार्वजनिक गरेको छ। नासाले गत फेब्रुअरीमा मंगल ग्रहमा पठाएको अन्तरिक्ष यानमा सो हेलिकप्टर पठाइएको थियो।

यसरी पृथ्वी बाहेकको ग्रहमा हेलिकप्टर उडाउने यो पहिलो प्रयास हो। आगामी दिनमा यस भन्दा ठूलो आकारको हेलिकप्टर पठाउने योजना नासाले सुनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ