आन्तरिक उडानमा हवाइ भाडा बृद्धि

आन्तरिक उडानमा हवाइ भाडा बृद्धि

Pokhara Airport plane

File Photo

काठमाडौं : सरकारले पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई भाडा पनि बढाएका छन्।

आज राति १२ बजेदेखि लागू हुने गरी हवाइ भाडा बृद्धि गरिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए। वायुसेवा सञ्चालकले बढाएको हवाइ भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ।

हवाइ इन्धनमा बढेको मूल्य अनुसार नै हवाइ भाडा पनि बढाइएको छ। जसअनुसार, काठमाडौंबाट पोखराको ३५ रुपैयाँ बढेको छ भने भैरहवाका लागि ४५ रुपैयाँ बढेको छ।

काठमाडौंबाट धनगढीको भाडामा ८५ रुपैयाँ बढेको छ। त्यस्तै, नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ। काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ।

 त्यस्तै, विराटनगरका लागि ५० रुपैयाँ भाडा बढेको छ। यससँगै पर्वतीय उडानको भाडा पनि बढाइएको छ। पर्वतीय उडानको भाडा ६५ रुपैयाँ बढेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ