कास्कीका १८९ जनाको परीक्षण गर्दा ४६ जनामा कोरोना पुष्टि

कास्कीका १८९ जनाको परीक्षण गर्दा ४६ जनामा कोरोना पुष्टि

Gandaki covid corona 3

पोखरा – कास्कीका ४६ सहित गण्डकीमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कास्कीका १८९ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी ४५ र अन्नपूर्ण गाउँपालिका -९ का १ जना पुरुष सहित ४६ जनामा कोरोना पुष्टि भएको हो ।

आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको संख्या ८ हजार ८०६ पुगेको छ ।

यस्तै प्रदेश बाहिर तनहुँका ६ जना, गोरखाका १ जना, लमजुङका १ जना, नवलपुरका २ जना, स्याङ्गजाका ४ जना, पर्वतका ४ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जना गरी आज गण्डकीमा ६६ जनामा कोरोना पुष्टि आएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका ६६ संगै कोरोना गण्डकीमा संक्रमितको कूल संख्या १७ हजार २ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ७१ पुगेको छ ।

सोमबार गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१६ निवासी ६५ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु पुष्टि भएको हो । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ