कोरोना संक्रमणका कारण पोखराका एक पुरुषको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका एक पुरुषको मृत्यु पुष्टि

death-by-corona

सांकेतिक तस्विर

पोखरा – कोरोना संक्रमणका कारण पोखराका एक पुरुषको मृत्यु पुष्टि भएको छ ।

पोखरा महानगरपालिका -१६ घर भएका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गत चैत्र ३१ गते कोरोना पोजेटिभ भएर उपचारका लागि अस्पताल भर्ना भएका उक्त पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै, कास्कीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ भने, गण्डकीमा यो संख्या २०८ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds