पोखरा । पोखराका ८ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट आएको निर्देशकसहितको टोलीले बजार अनुगमनका क्रममा नियम विपरीत कार्य गरेको पाइएका पोखरा महानगरभित्रका ८ व्यावसायिक फर्मबाट साढे ५ लाख जरिवाना गराएको हो ।
टोलीले अनुगमन गर्ने क्रममा कानुन विपरीत कार्य गरेको भेटेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । अनुगमनका क्रममा सामान्य कमजोरी भएकालाई तत्काल सुधार गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, औषधी बिक्रेता, बेकरी उद्योग, फ्रेस हाउससमेतका केही उद्योग प्रतिष्ठानमा अनुगमन गरिएको थियो । ती प्रतिष्ठानहरुमा बिल बिजक जारी नगरेको, उपभोग्य म्याद नाघेको वस्तु बिक्रीमा राखेको, कानुन बमोजिम दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको भेटिएको थियो ।
अनुगमनमा केन्द्रबाट आएको टोलीसहित जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको संलग्नता थियो ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन