आज र भोलि देशभर भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि देशभर भिटामिन ‘ए’ खुवाइँदै

vitamin a juka

देशभरका ५ वर्षसम्मका बालबालिकालाई आज सोमबार र भोलि मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिन्छ।

यही कार्यक्रमअन्तर्गत १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो।

यो कार्यक्रमका लागि देशैभरि स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएका छन्। स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घरनजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई अनुरोध गरेको छ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ