साथीहरुसहित दीपाङ एडभेन्चर क्याम्प गएका पोखराका घले मृत भेटिए

साथीहरुसहित दीपाङ एडभेन्चर क्याम्प गएका पोखराका घले मृत भेटिए

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरा – ‘दीपाङ एडभेन्चर क्याम्प’ गएका पोखराका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -२७ स्थित उक्त क्याममा सात जना साथीहरु सहित पुगेका पोखरा -१५ नयाँगाउँ खरवारीका ३३ वर्षीय महेन्द्र घले शनिबार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घलेसहित सात जनाको टोली शुक्रबार राति अन्दाजी ८ बजेको समयमा क्याम्पमा पुगेकोमा शनिवार बिहान अवेरसम्म पनि नउठेपछि साथीहरुले उठाउने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ