तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी हुनभएको हो । उहाँका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी हुनुभएको हो । सो अवसरमा २३ मत बदर भएको थियो ।
अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता गरिसक्नुभएको थियो । सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य सङ्ख्या रहेको सङ्घका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिनुभयो । सङ्घको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो ।
तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन हुनुभएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो