१२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’ को उपाधि

१२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’ को उपाधि

Barcilona

एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले यस वर्षको ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाईनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले हरायो ।

खेलको ५९ मिनेटसम्म गोल गर्न नसकेको बार्साले ६० औं मिनेटमा एन्टोनियो ग्रेजमनमार्फत पहिलो गोल ग¥यो । यसपछि १२ मिनेटको अन्तरमा बार्साले थप तिन गोल गरेको हो । उसका लागि लियोनल मेस्सीले दुई तथा फ्रेङ्की डि योङले एक गोल थपे ।

जितसँगै बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा पहिलो उपाधि सुरक्षित गरेको छ । सन् २०१९ यता बार्साको यो पहिलो उपाधि हो । जारी लिगमा बाािर्सलोना शिर्ष स्थानको एथ्लेटिको मड्रिडसँग २ अंकको दुरीमा तालिकाको तेस्रो स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ