भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ

भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ

chinya

भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल(भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन्। झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो।

उनीहरूलाई नेपाल प्रवेशका लागि सहजिकरण गरेको अभियोगमा एक भारतीय नागरिक पनि एसएसबीको नियन्त्रणमा छन् । चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफलाई एसएसबीको ८औँ बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूका साथबाट दुई हजार चार सय नेपाली रुपैयाँ, एक हजार भारतीय रुपैयाँ, ९० अमेरिकन डलर र ७४ एएफ ४२८३ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको छ। उनीहरूलाई नक्सालवारी प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ