बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक

बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक

sarbadalya

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ।

माओवादी केन्द्र र नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बैठक बहिष्कार गरेका छन्। कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएका हुन्। बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेताहरु बालुवाटार आइपुगिसकेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले ओलीले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds