पोखरा । पोखरा एमआरआई डाइग्नोस्टिक सेन्टरले गण्डकी प्रदेशमै पहिलो २ सय ५६ स्लाइसको सिटी स्क्यान सुरु गरेको छ । पोखराको न्यूरोडमा आफ्नै सभाहलमा शनिबार एक कार्यक्रमका बीचमा पोखराकै पहिलो फिजिसियन डाक्टर कुमार शमशेरले रिबन काटेर विधिवत् रुपमा उद्धघाटन गरेका हुन् ।
पोखरा र गण्डकी प्रदेशभरकै बिरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो सेवा दिने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो । सजिलै प्राप्त गर्न सकिने सेवाको लागि विभिन्न ठाउँमा धाइरहनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरामै सो सेवा सञ्चालनमा ल्याएको एमआरआई डाइग्नोस्टिक सेन्टरका मेनेजिङ डाइरेक्टर सुमिरन श्रेष्ठ बताए ।
विगत ३ वर्षदेखि एमआरआई सेवा दिँदै आइरहेको उक्त सेन्टरले आजदेखि सिटी स्क्यान पनि थालेको हो । यो गण्डकी प्रदेशकै ठूलो सिटि स्क्यान भएको सञ्चालको दाबी छ । ‘विशेष गरी मुटु, मस्तिष्क, फोक्सो, पेट र हाल खुट्टाको रगतका नशाहरु लगायत शरिरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सिटि स्क्यान गर्ने सुुविधा चौविसै घण्टा उपलब्ध दिने उद्देश्यका साथ हामी आएका छौं,’ श्रेष्ठले भने ।

मुटुको जाँच, रगत, नशाको जाँच कोरोनरी एन्जियोग्राफी लगायतका सेवा पोखरामै दिने उद्देश्यका साथ पोखराका बरिष्ठ डाक्टरहरुद्वारा विगत ३ वर्ष देखि १.५ टेस्लाका एमआरआई मेमोग्राफी यूएसजी गाइडेड बायोप्सीको सुविधा दिँदै आइरहेको थियो । आईएसओ प्राप्त गर्ने प्रक्रियामा रहेको डाइरेक्टर श्रेष्ठले बताए ।
सम्बन्धित खबर
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर