नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरि जीएसएम सेवाको विस्तार गरेको छ ।
करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।
करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो । त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपान्सन मार्पmत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।
त्यसैगरी, हाल जीएसएम प्रविधि मार्पmत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाइन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ ।
सोही क्षेत्रमा एनटी टेलिभिजन र पीएसटीएन ल्यान्डलाइन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरि कार्य गरिएको पनि नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो