चट्याङले बागलुङ र स्याङ्जाका दुई सहित तीन जनाको मृत्यु

चट्याङले बागलुङ र स्याङ्जाका दुई सहित तीन जनाको मृत्यु

chatang

हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।

बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल र स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले जानकारी दिनुभयो ।

बाग्लुङको ताराखोला गाउँपालिका– ३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्णकुमारी कार्की सामान्य घाइते हुनु भएको छ । यस्तै तेह्रथुमको छथर गाउँपालिका– १ आङदिममा पनि चट्याङले एक बालिकाको मृत्यु भएको छ । असिना पानीसँगै परेको चट्याङले ११ बर्षिया रेहिता मगरको मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds