सरकारी अस्पताललाई निर्देशनः ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि राख्नु

सरकारी अस्पताललाई निर्देशनः ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि राख्नु

corona patient

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।

संक्रमणको दर दिनदिनै बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले साथै सरकारी अस्पतालहरूलाई संक्रमितको निस्शुल्क उपचार गराउन र अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न भनेका मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले बताए ।

त्यस्तै, निजी प्रयोगशालाहरूलाई कोरोना परीक्षण गरेबापत दुई हजारभन्दा बढी शुल्क नलिन भनेको छ।

सबै अस्पतालहरूलाई बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपांगता भएका संक्रमितहरूलाई विशेष प्राथमिकता दिएर उपचार गराउन मन्त्रालयले अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds