गण्डकी प्रदेशका बालबालिकामा यूके भेरिन्टको संक्रमण बढ्दो

गण्डकी प्रदेशका बालबालिकामा यूके भेरिन्टको संक्रमण बढ्दो

Gandaki-Map copy

कोरोनाको संक्रमण बढ्दो छ । देशभरी नै कोरोना लाग्नेको संख्या दिन प्रति दिन बढ्दै जाँदा गण्डकी प्रदेशमा पनि पछिल्लो साता ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्टको संक्रमण पुष्टि भएको छ । संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा। विनोदविन्दु शर्माले जानकारी दिए । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा र्‍यान्डम नमुना परीक्षण सुरु गरिएको पनि डा. शर्माले बताए ।

“अहिले पोखरा र आसपासका क्षेत्रका विद्यालयमा नै गएर परीक्षण सुरु गरेका छौँ । कलेजका विद्यार्थीहरुमा पनि संक्रमण देखिएपछि र्‍यान्डम स्याम्प्लिङ गरेर एन्टिजेन विधिबाट परीक्षण गरिरहेका छौँ,” डा. शर्माले भने । गण्डकी प्रदेशमा अहिले कोरोनाका ४१६ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds