गण्डकी प्रदेश सरकारले सातौं संसद अधिवेशन अन्त्य गरेको छ । अविश्वास प्रस्ताव रोक्न गण्डकी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेबाटै लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी सभामुखलाई दिएका छन् ।
लाचू अधिवेशन चैत २५ बाट सुरु भएको थियो । गण्डकीमा माओवादी, कांग्रेस र जसपा मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् भने जनमोर्चाले पनि समर्थत फिर्ता लिएको छ । त्यसपछि, विहीबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएको थियो । तर, संघीय सरकारको सिको गर्दै अविश्वास प्रस्ताव रोक्न सरकारले मध्यरातमै प्रदेशसभा अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
पुस पहिलो साता आफू विरुद्ध अविश्वास प्रस्ताव आउने थाहा पाएपछि सोहि दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेका थिए भने राष्ट्रपतिले पनि हतार हतार स्विकार गर्दै प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन