टिपर दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि रसुवाको कालिका गाउँपालिका–१ ग्राङका २७ वर्षका राजेन्द्र तामाङ र उनका २५ वर्षीय भाइ सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
कालिका गाउँपालिका–१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिपर पासाङल्हामु सडकको स्याउबारीमा दुर्घटनाग्रस्त भएको हो । मृतक राजेन्द्र तामाङ ग्राङ आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् ।
त्यस्तै दुर्घटनामा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि नुवाकोट पठाइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम