म्यान्मारमा सैन्य शासनविरुद्ध जारी आन्दोलनका क्रममा सेनाले हानेको गोली लागेर नेपालीभाषी दम्पतीको मृत्यु भएको छ।
आफ्नो घरतर्फ आइरहेका बेला सेनाको गोली प्रहारबाट म्यान्मारको जगाईं प्रान्तमा पर्ने टमु सहर निवासी किसन गौतम र उनकी पत्नी हरिमाया गौतमको मंगलबार मृत्यु भएको हो।
टमु सहर भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारि पर्छ, जहाँ करिब ४ हजार नेपालीको बसोबास रहेको बताइएको छ। त्यहाँ तीन पुस्तादेखि बसोबासरत गौतम दम्पती गाईपालन गर्थे। नजिकैको गोठमा गाईको हेरचाह गरेर घर फर्किंदै गरेका बेला उनीहरूलाई गोली लागेको थियो।
सैन्य शासनकै कारण म्यान्मारबाट हालै नेपाल फर्किएका पत्रकार दीपक भट्टराईका अनुसार उनीहरू गोठ गएर दूध दुहेर घर फर्फंदै थिए। बर्मामा अहिले पनि हजारौं नेपाली गाई पालेर दूध, दही, घ्यू बेची जीवन चलाउँछन्।
उनी भन्छन्, ‘यो फोटो (मृतक दम्पती) दसैंका बेलाको हुनपर्छ। बर्मेली नेपालीभाषीले रङ नभएको अक्षता लगाउँछन्। नेपाली चलचित्र हेरेर र फेसबुकबाट थाहा पाएपछि अचेल केही अक्षतामा रातो रङ हाल्छन्।’
म्यान्मारका सेनाले गत फेब्रुअरी १ तारिख आङ सान सुचीसहित त्यहाँका राष्ट्रपति, मन्त्रीलगायत सबै लोकतान्त्रिक नेतालाई नजरबन्दमा राखी सत्ता कब्जा गरेका हुन्। त्यसको विरोधमा त्यहाँ दैनिक जनप्रदर्शन भइरहेको हो।
त्यस क्रममा सैनिक दमनले अहिलेसम्म ७ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो