आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित, कोलकता १० रनले पराजित

आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित, कोलकता १० रनले पराजित

mumbai indians

साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट आईपीएलमा पहिलो जित निकालेको छ ।

मंगलबार राति चेन्नईमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । कोलकत्ताका नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै शुबनम गिलले ३३ रन जोड्दा कप्तान इयान मोर्गन ७ रनमा आउट भए । मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५६, कप्तान रोहित शर्माले ४३, हार्दिक पाण्डेय र कुर्नाल पाण्डेय समान १५÷१५ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ५ तथा पाट कुमिन्सले २ विकेट लिए ।

जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो । कोलकत्ताको यो पहिलो हार हो । कोलकत्ताले पनि २ खेलमा २ अंक जोडेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ