जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा गर्ने दलसँग मिलेर सरकार बनाउने बताएका छन् ।
जनकपुरधाममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौं।तर त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं ।’
नेता महतोले सत्ता समीकरणको विषयमा आफ्नो पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिने समेत बताए । ‘पहिला आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गर्छौं, नभएमा विकल्पको खोजी गर्छौं ।’
उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने एजेण्डा कांग्रेसकै भएको बताए। ‘कांग्रेसको एजेन्डामा हामीले काम गर्नुपर्छ भन्ने छैन’ उनले भने, ‘हामी आफ्नो एजेन्डालाई अगाडि बढाउँछौँ।’
नेता महतोले आफूहरुको मुद्दा सम्बोधन गर्दै माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार रहेको बताए । उनले भने, ‘माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार छौं, नभए विकल्प खोज्छौं।’
कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, बन्दीको रिहा, संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेजस्ता प्रमुख माग रहेको उनको भनाइ छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने