नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि

नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि

corona

नेपालमा पछिल्लो २४ घन्टामा थप ५१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४६० जनामा पीसीआर बिधिबाट तथा ५७ जनामा एन्टिजेन बिधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ७४ हजार ३१८ जना निको भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ