छिमेकीको हत्या गरी फरार खटिक पक्राउ

छिमेकीको हत्या गरी फरार खटिक पक्राउ

arrest

छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्। २०६० साल कात्तिक १० गते बर्दिया बढैयातालमा जितबहादुर गोदार क्षेत्रीको हत्या गरी फरार रहेका कृपाराम खटिक लाई प्रहरीले सोमबार प्रकाउ गरेको हो ।

क्षेत्रीको हत्यामा संग्लग्न ९ जनालाई २० वर्षको कैद सजायँ सुनाइए पनि मुख्य योजनाकार मानिएका खटिक हिजो सोमबार पक्राउ परेका हुन् ।

जिल्ला अदालतको फैसलाअनुसार उनलाई हिजै जिल्ला कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनलाई प्रहरीले बढैयाताल–३ बाटै पक्राउ गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ