जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ घाइते

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ घाइते

jeep acc

प्रतिकात्मक तस्विर

दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० भेषराज रिजालले जानकारी दिए । उनीहरू सबै सिँगटी गाउँका हुन् ।

घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ । निमित्त प्रमुख जिल्ला अधिकारी बद्रि तिवारी, डिएसपी रिजालसहितको टोली रातभर घाइतेहरुको उद्धार तथा उपचारमा खटिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ