पोखरा – बाख्रा पालनको पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर २० को मोहोरियामा एकदिने बाख्रापालन तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका पशुसेवा शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा व्यसायीक कृषकहरुलाई लक्षित गरी सेवा केन्द्र स्तरीय एकदिने स्थलगत बाख्रापालन तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले बाख्रापालन निर्वाहमुखी नभइ व्यवसायीक रुपमा गर्नुपर्ने वताए । महानगरको बाख्रा पालनको पकेट क्षेत्रको रुपमा समेत चिनिने साविकको मौजा गाविस अन्तर्गत पर्ने आंटीघर र मोहोरियामा समुहगत मात्र नभइ व्याक्तिगत रुपमा पनि व्यवसायीक रुपमा बाख्रापालन गर्न स्थानियलाई आग्रह गरे । व्याक्तिगत रुपमा निर्वाहमुखी भन्दा व्यवसायीक रुपमा गाउमानै बाख्रापालन गर्न सके युवाहरु समेत स्वरोजगार हुने र गाउ छोडेर जानुपर्ने वाध्यतात्मक स्थिती नआउने उनको भनाइ थियो ।
त्यस्तै पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले पोखरा महानगरभित्रको एकमात्र बाख्रापालन गर्ने कृषकहरुद्धारा सहकारी सञ्चालन गरेर कृषकहरुलाई व्यवसायीक बनाउने जमर्कोसंगै पोखरा महानगरको बाख्रापालनको पकेट क्षेत्र वनाउन पोखरा महानगरपालिका वडा नम्बर २० सक्षम भएको वताए । बाख्रापालन संगै कृषकहरुले आफ्नो आयआर्जनलाई बृद्धि गराउनका लागि खाली जग्गामा घाँसखेती गर्न सके अझै उक्त क्षेत्रका कृषकहरुले व्यवसायीक लाभ लिन सक्ने उनको भनाइ थियो ।
स्थानिय सरकार आएपछि साविकको मौजा गाविस अन्तर्गत पर्ने गाउँहरुमा सडक स्तरोन्नती भइसकेको र गाउमा होमस्टे पनि खुलेकाले आगामी दिनमा आन्तरिक पर्यटकहरु समेत भित्रिने भएकाले कृषि पर्यटनको समेत निकै सम्भावना रहेको अधिकारीले वताए ।
मौजा बाख्रापालन कृषि सहकारीको अध्यक्ष दुर्गा बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका लेखा समिति संयोजक भीम बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने, उक्त कार्यक्रममा ३० जना कृषकहरु सहभागीता रहेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर – २० का वडा सदस्य मोतीप्रसाद पौडेल, पशु सेवा केन्द्र भलामका प्रमुख पुष्प अधिकारी लगायतले आ -आफ्नो धारणा राखेका थिए ।
सम्बन्धित खबर
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन