पोखरा – सोमबार कास्कीका २३ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
आज कास्कीका १४७ जनाको परीक्षण गर्दा २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि हुने संक्रमितमा कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोकका २ जना छन् भने, अन्य सबै पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष हुन् ।
यस्तै नवलपुरमा १५ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकाका छन् ।
आज पुष्टि भएका २६ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९ सय ३३ पुगेको छ, जसमा ४१९ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ३ सय ७ पुगेको छ ।
यस्तै कोरोना संक्रमणकै कारण गण्डकीमा आज थप २ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका संगै कोरोना संक्रमणका कारण गण्डकीमा ज्यान गुमाउनेको संख्या २०७ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम