मोटरसाइकलबाट खसेर घाइते भएकी तनहुँकी महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

मोटरसाइकलबाट खसेर घाइते भएकी तनहुँकी महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

fewa-city-hospital

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँको म्याग्दे ४ ठाँटीटारमा आइतबार मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे –६ छबिसे की ५५ वर्षीया सानुमायाँ सार्कीको फेवा सिटी हस्पिटल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आइतबार साँझ ५:४० बजे पृथ्वी राजमार्गमा तनहुँ थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नं.को मोटरसाईकलको पछाडी सवार सानुमायाँ मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् ।

उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds