काठमाडौँ । ओसिलो ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ ९लिच थेरापी० माध्यमबाट विभिन्न जटिल रोगको उपचार हुने गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा। रामआधार यादव आयुर्वेदमा जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको सफल उपचार भइसकेको बताए ।
उनले भने, “जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।” छालासम्बन्धी रोग, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको जानकारी दिए ।
बिरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको बताउँदै उनले भने, “एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपछ ।”
एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुसाउने गरिन्छ । बिरामीको अवस्था हेरी दुईभन्दा बढी जुकाको प्रयोग गर्न सकिने डा. यादवले जानकारी दिए ।
डा. यादवले लिच थेरापी विधि नेपालमा भन्दा पनि विदेशी मुलुकमा अझ बढी प्रयोग हुँदै आएको बताउँँदै यो पद्धतिबाट निको भएकामा रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी भएको दाबी गरे ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो