भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड- एकैदिन थपिए १ लाख ७० हजार बढी संक्रमित

भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड- एकैदिन थपिए १ लाख ७० हजार बढी संक्रमित

india corona

PHOTO: REUTERS

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (आइतबार) चैत्र २९ मा भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds