नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ। चौथो पटकको कोसिस के हुन्छ भन्ने बारेमा केही दिनमै थाहा हुन्छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा लाज पचाएर ओली पदमा बसिरहेको प्रचण्डको भनाइ छ । संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डले बताए।
प्रचण्डले सहमति भयो भने काँग्रेसको नेतृत्वमा सरकार बन्नसक्ने बताए।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते