भारतमा एकैदिन झण्डै भेटिए डेढ लाख नयाँ संक्रमित

भारतमा एकैदिन झण्डै भेटिए डेढ लाख नयाँ संक्रमित

corona death

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ।

एक महिनायता भारतमा संक्रमित संगै कोरोनाका कारण मृत्यु दर पनि बढ्दो छ। शनिबार बिहानसम्म थप ७९४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ।

मुम्बईमा सोमबार बिहान ७ बजेसम्म लकडाउन गरिएको छ। महाराष्ट्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि संक्रमण दर बढ्दो छ। त्यसैले संक्रमण फैलिन नदिन कतै लकडाउन गरिएको छ त कतै कर्फ्यू घोषणा गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds