आईपीएल: उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन मुम्बई पराजित

आईपीएल: उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन मुम्बई पराजित

mi vs rcb

इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन पराजित भएको छ । मुम्बईविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ।

चेन्नईको चिदम्बरम् रंगशालामा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर १५९ रन बनाएको थियो।

१६० रनको लक्ष्यका साथ मैदान पसेको बैंगलोरले आठ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य भेट्टाएपछि जित निकालेको हो।

बैंगलोरको जितका लागि एबी डेबिलियर्सले ४८ रन बनाए भने ग्लेन म्याक्सवेलले ३९ रन जोडे। त्यस्तै, विराटको कोहली र वासिंटन सुन्दरले क्रमशः ३३ र १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका लागि जसप्रित बुमराह र मार्को जानसेनले समान २–२ विकेट लिए। ट्रेन्ट बोल्ट र क्रुणल पाण्ड्याले समान १–१ विकेट गिराए।

त्यसअघि ब्याटिङ गरेको मुम्बईले क्रिस लिन, सूर्यकुमार यादव र ईशान किसनले क्रमशः ४९, ३१ र २८ रन बनाएका थिए।

बैंगलोरका हर्ष पटेलले सर्वाधिक पाँच विकेट गिराउँदा वासिंटन सुन्दरले एक र केलिय ज्यामिसनले पनि एक विकेट गिराएका थिए।

जितसहित बैंगलोरले २ अंक जोडेको छ। आईपीएलअन्तर्गत शनिबार चेन्नई र दिल्ली क्यापिटल भिड्दैछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ